लन्डन,३० पुस : साविक विजेता चेल्सी प्रिमियर लिगमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफमा लेस्टरका खेलाडि बेन चिलवेलले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडिमा सीमित भएको थियो ।

chelsea

एक खेलाडि कम हुँदा पनि चेल्सीले आफ्ना अवसर लिन नसक्दा घरेलु टोली गोलरहित बराबरीमा रोकिन पुग्यो । यस नतिजासँगै चेल्सी अंकतालिकाको चौथो स्थामा खसेको छ ।

त्यस्तै अर्को बलियो टोली टोटनह्यामले भने एभर्टनसँग वेम्ब्लीमा ४-० को सहजको जित दर्ता गर्न सफल भएको छ । टोटनह्यामका लागि ह्यारी केनले दुई गोल गरे । त्यस्तै क्रिस्टियन एरिक्सन र हिउङ मिन सनले पनि १-१ गोल गरेका थिए ।

त्यस्तै अन्य खेलमा क्रिस्टल प्यालेसले बाकरी साकोको निर्णायक गोलमा बर्नलीलाई १-० ले हरायो । वेष्ट ह्यामले हडर्सफिल्डमाथि ४-१ को शान्दार जित दर्ता गर्‍यो भने वेष्ट ब्रोमले ब्राइटनलाई २-० ले हराउन सफल रह्यो । यसैगरी न्युकासल युनाइटेड र स्वान्सीले १-१ को बराबरी खेले भने वाटफोर्ड र साउथह्याम्पटनले पनि २-२ को बराबरी खेले ।

 

(एजेन्सी)

Similar Posts