बागलुङ,३० पुस : बागलुङ जिल्ला फुटलब संघको अध्यक्षमा पुनः रामराज गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षसहित कार्यसमिति निर्विरोध चयन गरेहो हो ।

baglung
संघको उपाध्यक्षमा टक बहादुर बोहोरा, विकास थापा र रेशम गोतामेलाई चयन भए । सदस्यमा लोक बहादुर खड्का, राजकुमार बोसेल, राजकुमार शर्मा, भानु आचार्य, प्रकाश शर्मा, राहुल बोहोरा, मनिष रायमाझी र सुरज खड्कालाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन संयोजक संजिव कुमार श्रेष्ठले जानकारी दिए ।

महिला सदस्यमा रुविना श्रेष्ठ थापा निर्वाचित भइन् । संघको पहिलो बैठकले महासचिवमा जयराज भण्डारी, कोषाध्यक्षमा सुर्य लामिछानेलाई मनोनयन गरेको थियो ।

उद्घाटन समारोहमा बागलुङ नगरपालिकाका उपमेयर सुर्यन्द्र खड्काले फुटबलले सबै नागरिकहरुलाई एक जुट बनाएको र अन्तराष्ट्रिय रुपमा पनि नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको बताए । उनले जिल्लाबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादनको पहल गर्न नगपालिका सहकार्यका लागि तयार रहेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सहायक महासचिव गणेश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्लाबाट नेपालको यू १६ टोलीमा पर्न सफल प्रमल थापा र कमल थापा तथा एन्फा एकेडेमीका उत्पादन आशिष केसी, निशान थाापा र अभिशेक थापालाई जनही १ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

Similar Posts