पाँचथर,३० पुस : झापा जिल्ला फुटबल संघमा फुटबल प्रशिक्षक भगीरत आले ‘मामा’ सर्वसहमतिमा अध्यक्ष बन्नु भएको छ । शनिबार भएको जिल्ला फुटबल संघ झापाको अबिधेशनको भेलाले आलेलाई सर्वसहमतिमा अध्यक्ष बनाएको हो ।taplegunj

शनिबार भएको अबिधेशनबाट शेर बहादुर बस्नेत महासचिब र नेरेन्द्र मणी लिम्बुलाई कोषाध्यक्षमा सर्वसहमत चयन गरेको छ । सदस्यहरुमा जलकुमार गुरुङ, पङकज नेम्बाङ , कर्णबहादुर थापा मगर ,प्रदिप राई ,अमिरकुमार श्रेष्ठ ,टिका प्रसाई ,बुद्धराज लिम्बु र केदार चौधरीलाई चयन गरेको छ ।

पहाडी जिल्ला ताप्लेजुङमा भने सर्वसहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भए पछि चुनाबबाट नेतृत्व चयन गरीएको छ। शनिबार नै ताप्तलेजुङमा भएको जिल्ला फुटबल संघको अघिबेशनमा बालकुुमार साँवा अध्यक्षमा निर्वाचित भएका छन। शनिबार भएको निर्वाचनमा मोती कुमार पालङवालाइ ३ मतले पराजित गर्दै साँवा अध्यक्षमा निर्वाचित भएका हुन। ११ जनाको मताधिकार भएको निर्वाचनमा साँवाको पक्षमा ७ र पालङवाको पक्षमा ४ मत आएको थियो ।

उपाध्यक्षमा नरेन्द्र लिम्बु , चन्द्र थेम्बे र हाङ नारायन लिम्बु निर्वाचित भएका छन । सदस्यहरुमा शैलेन्द्र गुरुङ, दिनेश खवास, बिजय लिम्बु, अम्बीका लिम्बु, सुरेन निरोला ,छम्बु गुरुङ, सुदिर लिम्बु, कमला लिम्बु र बिन्दु तामाङ निर्वाचित भएको जिल्ला फुटबल संघ ताप्लेजुङले जनाएको छ । संघको महासचिब र कोषाध्यक्ष भने यहि निर्वाचित कार्यसमितिले मनोनित गर्ने जनाइएको छ । छिमेकि जिल्लाहरु सबैमा अघिबेशन हुँदा पाँचथरमा भने अबिधेशन भएको छौन ।

Similar Posts