1504425616_school-2-648x336

काँकडभिट्टा, १२ माघ : दिवंगत छोरा र नातिको स्मृतिमा सेवा परिवारले झापाको मेचीनगर–१२ मा रहेको कालिका आधारभूत विद्यालयमा रु दुई लाखमा मञ्च निर्माण गरिदिएको छ ।

विद्यार्थीलाई विद्यालयमा हुने कार्यक्रम गर्न सजिलो होस् भन्ने उद्देश्यले आफ्ना दिवंगत छोरा र नातिको स्मृतिमा सो मञ्च निर्माण गरिएको स्थानीय अमृत सेवा र छलीमाया सेवा तथा सूर्य सेवा र केशरमाया सेवाले बताउनुभयो ।

अमृत र छलीमायाका छोरा बिजु सेवाको वैदेशिक रोजगारीका क्रममा एक वर्षअघि मलेसियामा निधन भएको थियो भने सूर्य र केशरमायाका नाति रेवतकुमार सेवाको दुर्घटनामा परी मृत्यु भएको थियो ।

उनीहरु दुवै सोही विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहेको विद्यालयका प्रधानाध्यापक बालकबन्धु रिजालले बताउनुभयो । सो मञ्चको उद्घाटन सोही वडाका वडाध्यक्ष सन्तोष मेचेले गर्नुभएको थियो ।

Similar Posts