काठमाडौँ, १३ माघ :  नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १५८ देशसँग नेपालको दुईपक्षीय सम्बन्ध विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपाल र उज्वेकिस्तानका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र वाक्टियोर इब्रागिमोभले शुक्रबार न्यूयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

न्यूयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापनाबारेको जानकारी राजदूतद्वयले राष्ट्रसंघका महासचिवलाई संयुक्तपत्रमार्फत गराउनुभयो ।

तीन करोड ३२ लाख जनसंख्या भएको उज्वेकिस्तान नेपालजस्तै भूपरिवेष्टित विकासोन्मुख मुलुक हो । संयुक्त राष्ट्रसंघ, अन्य बहुपक्षीय मञ्च तथा असंलग्न आन्दोलनमा दुवै देशले सहकार्य गर्र्दै आएका छन् ।

Similar Posts