काठमाडौँ, १६ माघ :  आर्य समाज केन्द्रीय कार्यालयले आज चाबहिलमा शहीद दिवस मनाएको छ ।

नेपालमा जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातन्त्र ल्याउने उद्देश्यले शुक्रराज शास्त्रीका पिता माधवराज जोशीले १९५३ मा आर्य समाज नामक संस्था स्थापना गर्नुभएको थियो ।

सो अवसरमा चन्द्रविनायक गणेश मन्दिर चाबहिल र जयबागेश्वरी मन्दिरमा दीप प्रज्वलन गरिनाका साथै समाजका अध्यक्ष नारायणबहादुर श्रेष्ठले दीनदुःखी, एकल महिला, विकलाङ्ग र असहायलाई मिठाइ वितरण गर्नुभयो । यसैबीच समाजले काठमाडौँ महानगरपालिकाको सहयोगमा सिलाइकटाइ तथा फूलको सामग्री बनाउने तालीम सञ्चालन गर्ने भएको छ ।

Similar Posts