givinda-kc

काठमाडौँ, १७ माघ:  डा गोविन्द केसीका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षाको माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।

प्रधानन्यायाधीश र डा केसीको अदालती बहसमा विपक्षीका तर्फबाट वकालत गरेको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भण्डारीले आफ्नो निवेदनमा उल्लेख गर्नुभएको छ ।

शंखमूलस्थित आफ्नो कार्यालयमा अज्ञात समूह आएर ज्यान मार्ने धम्की दिएको र मोबाइलबाट पनि पटकपटक धम्की आएको भण्डारीले जनाउनुभएको छ ।

Similar Posts