लेभान्टे, माघ २१: स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडको खराब लय कायम रहेको छ । गए राति खेलिएको लेभान्टेविरुद्धको खेलमा रियल २-२ को बराबरीमा रोकिएको छ ।

रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोसले खेलको एधारौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर घरेलु टोली लेभान्टेका इमानुयल बोएटाङले ४२ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ८१ औं मिनेटमा मिडफिल्डर इस्कोले गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाएका थिए । तर नियमित समय सकिन एक मिनेट बाकिं छँदा घरेलु टोलीका ग्यामपाउलो पाजिनीले गोल गर्दै रियललाई निराश बनाएका थिए ।

यस नतिजासँगै रियलको २१ खेलमा ३९ अंक रहेको छ । दुई अंक गुमाउँदै रियलले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको हो । बार्सिलोना ५७ अंकसहित पहिलो स्थानमा रहेको छ भने एट्लेटिको म्याड्रिड ४६ अंकसहित दोस्रो स्थानमा रहेको छ । उत्तिकै खेलबाट भ्यालेन्सियाको ४० अंक रहेको छ ।

 

(एजेन्सी) 

Similar Posts