२२ माघ : अनलाइन कारोबार कम्पनी अमेजनले गत वर्ष सन् २०१७ मा ३ अर्ब डलर मुनाफा कमाएको छ । अमेजनले सन् २०१६ मा भन्दा ६० करोड डलर बढी मुनाफा कमाउन सफल भएको हो ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष अमेजनले कुल १ खर्ब ७७ अर्ब ९० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ३१ प्रतिशतले बढी हो ।

सन् २०१७ को अन्तिम तिन महिनामा अनलाइन सपिङमा भएको वृद्धि तथा क्लाउड सर्भिसको माग उच्च हुँदा अमेजनको आम्दानीको दर ऐतिहासिक विन्दुमा पुगेको हो ।

सन् २०१७ मा अमेजनको प्राइम सिपिङ सर्भिसको प्रयोग गरी विश्वभरमा ५ अर्ब वटा खरीद वस्तु ग्राहककोमा पठाइएको थियो ।

वर्षको चौथो त्रैमासिकमा कम्पनीको बिक्रिदरमा ३८ प्रतिशतले बढोत्तरी भई ऐतिहासिक ६०अर्ब ५० करोड डलर आम्दानी भएको अमेजनको तथ्यांकले देखाएको छ । उक्त त्रैमासिकमा मात्रै कम्पनीले १ अर्ब ९० करोड डलर मुनाफा आर्जन गरेको छ ।

अमेरिकाको नयाँ कर कानून अनुसार अमेजनलाई त्यस त्रैमासिकमा झण्डै ७९ करोड नाफा भएको छ ।

बीबीसी

Similar Posts