२५ माघ, काठमाडौं :  अमेरिकामा रिपब्लिकन र डेमोक्रेटबीच बजेटमा सहमति भएको छ । रिपब्लिकनका सिनेट नेता म्याकलन र उनको डेमोक्रेटिक समकक्षी चक सुमरबीच बजेट ल्याउने सहमति भएको हो ।

यो सहमतिलाई ऐतिहासिक भनिएको छ । किनकी विपक्षी डेमोक्रेटिक पार्टीले डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको विरोध गर्दै यसअघि बजेटमा बाधा पुर्‍याएको थियो । बजेट खर्च गर्ने बाटो नखुल्दा कर्मचारीहरुलाई बेतलवी विदा दिइएको थियो ।

तर गत जनवरीमा आप्रवासन नीति परिवर्तन गर्ने सर्तमा डेमोक्रेट सांसदहरुले सरकारलाई दुई हप्ताका लागि मात्र खर्च चलाउन अस्थायी बिलको अनुमति दिएका थिए । दुई हप्ते समयसीमा बिहीबार रातिबाट सकिने भएकाले बजेट सम्बन्धी नयाँ सहमति आवश्यक थियो ।

रिपब्लीकन र डेमोक्रेटबीच भएको पछिल्लो सहमतिले अमेरिकी जनताले राहत महसुस गरेका छन् । सहमतिअनुसार २ वर्षको लागि बजेट ल्याउन अमेरिकी सरकारले पाएको छ र सो समयसीमा भित्रै आप्रवासन नीति सम्बन्धि विगतको निर्णय सच्याउनुपर्ने छ ।

बजेटको तथ्यांक भने खुलाइएको छैन । ह्वाइट हाउसका संसदीय मामिला प्रमुख मार्कले बजेट प्याकेजमा ३ सय विलियन डलरले वृद्धि भएको बताएका छन् ।

रक्षामा ८० विलियन डलर र घरेलु खर्चमा ६३ विलियन डलरले वृद्धि भएको बताइएको छ ।

Similar Posts