म्याड्रिड,२५ माघ:  स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार सेभिल्लाले लेगानेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । समग्रमा ३-१ को जित हात पार्दै सेभिल्ला फाइनल पुगेको हो ।

बुधबार घरेलु मैदानमा सेभिल्ला २-० ले विजयी रह्यो । १५ अौं मिनेटमा जोअाकिन कोरियाले सुरुवाती अग्रता दिलाए । खेलको अन्त्यतिर फ्रान्को भाज्केजले गोल गर्दै जित पक्का गरे । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

सेभिल्लाले अब फाइनलमा भ्यालेन्सिया र बार्सिलोनाको खेलको विजेतासँग खेल्नेछ । बार्सिलोनाले पहिलो लेगमा १-० को अग्रता लिएको छ । दोस्रो लेग बिहीबार हुँदैछ ‌।

 

(एजेन्सी) –

Similar Posts