सेन्चुरियन,२५ माघ:दक्षिण अफ्रिकविरुद्धको तेस्रो एक दिवसीय खेलमा पनि भारत विजयी भएको छ । भारतले घरेलु टोलीमाथि १ सय २४ रनको जित दर्ता गरेको हो ।

निर्धारित ५० ओभरमा ३ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४० ओभरमा १ सय ७९ रन बनाउँदै अलआउट हुन पुग्यो । दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले ५१ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो योग्दान दिन सकेनन् । भारतका लागि युज्वेन्द्र चहाल र कुल्दिप यादवले ४-४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ रन ३ रन बनाउन सफल भएको थियो । भारतका लागि कप्तान विराट कोहलीले शतकिय पारी खेलेका थिए । उनले १ सय ५९ बलमा १ सय ६० रन जोडेका थिए । ओपनर शिखर धवनले ७६ रन जोड्दै उनलाई राम्रो साथ दिएका थिए ।

यो कोहलीको एक दिवसीयमा ३४ औं शतक हो । यससँगै उनी सचिन तेन्दुल्करको एक दिवसीयमा ४९ शतकको नजिक पुग्दै छन् । एक दिवसीय क्रिकेटमा सर्वाधिक प्रहार गर्ने खेलाडिहरुको सुचीमा कोहली तेन्दुल्करकै पछि दोस्रो स्थानमा छन् । कोहलीले पछिल्ला ६ खेलमा ४ शतक प्रहार गरेका छन् ।

यस जितसँगै ६ खेलको सिरिजमा भारतले ३-० को अग्रता लिएको छ । अब चौथो खेलमा जित हांसिल गरे भारतले सिरिज आफ्नो नाममा पार्ने छ ।

 

(एजेन्सी) –

Similar Posts