काठमाडौँ, २८ माघ:  विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई आज सम्मान गरिएको छ ।

नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उहाँलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे न्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल हुनुभएकाले राज्यले उहाँको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो ।

Similar Posts