माघ २९, दाङ : बिप्लव निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । आगामी फागुन २७ देखि ३० गते सम्म दाङको घोराहीमा हुने सम्मेलनको उद्घघाटन पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले गर्ने कार्यक्रमको रहेको छ ।

अखिल क्रान्तिकारी राप्ती क्षेत्रिय समन्वय समितिले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी अखिल क्रान्तिकारी राप्ती क्षेत्रिय समन्वय समितिका संयोजक नरेन्द्र बिकले जानकारी दिनुभयो । बैज्ञानीक समाजबादी शिक्षा र सुदृढ संगठनका लागि २१ औं राष्ट्रिय सम्मेलन भन्ने मुख्य नाराका साथ सम्मेलन आयोजना गर्न लागेको विकको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै विकले सम्पुर्ण जिल्लास्तरिय सम्मेलन सम्पन्न गर्ने, २३ औ महान जनयुद्ध दिवस,सहिद सप्ताह , बलिदान दिवस, बिनोद अधिकारी स्मृति दिवसलाई भव्य रुपमा मनाउँने निर्णय समेत गरेको विकले बताउँनुभयो ।

पार्टीको नाममा विभिन्न व्यक्तिहरुले चन्दा आंतङक मच्चाएको बताउँदै त्यसो नर्गन आग्रह गर्नुभयो । सम्मेलनमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट स्तरबाट परिवेक्षक समेत सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनमा झण्डै २ सय ५० जना प्रतिनिधीहरु सहभागी हुने जानकारी दिनुभयो । 

-उज्ज्वल आचार्य

 

Similar Posts